logo

आइतबार, साउन ११ २०८२

kantipurpationlinetv

२०८२ साउन ११ आइतबार

पल शाह र नारायणीको जोडी जम्दै, पशुपति शर्माले गाएको तीज गीतले तहल्का मच्याउँदै

पल शाह र नारायणीको जोडी जम्दै, पशुपति शर्माले गाएको तीज गीतले तहल्का मच्याउँदै


  • बिहिबार, साउन १ २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ । पल शाह र नारायणीको जोडी अहिले सबैको रोजाईमा छ । करिमैले जुराएको सहकार्य पछि उनीहरुको गितसंगितको कर्म पनि निरन्तर बढिरहेको छ । अब यहिबिचमा अहिले तिजका गितहरु धमाधम बजारमा आउन थालेका छन । र धेरैको पखाई भनेको पशुपति शर्माको तिज गितको पनि हुन्छ । हुन त गायक पशुपति शर्माले यो बर्षबाट आफनै सिर्जनामा मात्र बजारमा ल्याउने भनेका छन । यो बर्षभन्दा अघि गाएका गितहरुको मध्ये अहिलै मौलिक भाकामा बनेको सबैलाई छमछमी नचाउने तिजगित बजारमा आएको छ । म भन्दा राम्रो कोही छैन बरैली बोलको निकै मिठो लय शब्दमा बनेको तिज गितमा नायक एवम मोडल पल शाह र मोडल नारायणी खत्रीको दमदार नृत्य र अभिनय रहेको छ ।

    निकै कर्णप्रिय स्वरमा सजिएको गितमा चर्चित गायक पशुपति शर्मा र गायिका निकि थापाको स्वर रहेको गीत गायिका निकी थापाकै अफिसियल युट्युब पेजबाट सार्वजनिक भएको हो । गायिका निकी थापा दाहोरीमा गाउने कलाकारमा निकै अब्बल छिन । उनले गाएको लाईभ दोहोरी दर्शक श्रोताहरुको रोजाइमा परिरहेका छन । उनको यो गितले हिन्दू धर्मावलम्बी नारिहरुको महान चाड हरितालिका तीजको बढि रौनकता छाएको छ । यो गितबाट धेरै दर्शकहरुको माया साथ पाउने अपेक्षा गरेकी गायिकाले बताएकी छन । गीतमा गलबन्दी म्यूजिक प्रालिका अध्यक्ष समेत रहेका गायक सर्जक साजन कुँवरको शब्द रहेको छ । गायक कुवरले यसभन्दा अघि धेरै गित बजारमा ल्याएका छन । उनको सिर्जना पनि धेरैको रोजाईमै छन । यस गितको संगित भर्ने कलाकार यज्ञ सापकोटा हुन । उनका गितजका गितहरु पनि समसामायिक र धेरैको रोजाईमा पर्दै आएका छन ।

    सुनिल परियारको संगित संयोजन रहेको गितमा एचबीएन किस्मतको एचबीएन किस्मतले गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेका हुन्। गीतमा सुमित्रा मुखिया र गायत्री मगरको सपोर्टिङ भोकल रहेको छ । कलाकार निशान बानियाँको निर्देशनमा तयार भएको भिडियो हो । कलाकार निशान बानियको पनि पछिल्ला दिनहरुका धेरै गितमा निर्देशकीय भूमिका निभाईरहेका छन । यता यस गितको चर्चाको पछि अभिनेता पल शाह र नारायणी खत्रीको अभिनय पनि हो । मौलिक भाकामा बनेको गितमा पल र नारायणीको जोडीको नृत्य झनै बढि पं्रशसा भएको छ । उनीहरुको जोडीले अभिनय गरेका गितहरु धेरै सुपरहिट पनि भएका छन । यसैगरि म भन्दा राम्रो कोही छैन बरैली गितको दावा बल तामाङको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापा र उनको टिमले खिचेको हो।भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन् भने कलर मिलन विश्वकर्माले गरेका छन् । गलबन्दी म्युजिक प्रालिले गीतको अडियो र भिडियो निर्माण गरेको हो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech