काठमाडौं । कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवाल नेपाल आएका थिए।
शुक्रबार बिहान नेपाल आएका मन्त्री सोनोवाल महायज्ञमा उपस्थित भएर सोही दिन फर्किएका छन्। महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ती महाराजले उनलाई विशेष स्वागत गरेका थिए।
व्यस्त समयका बाबजुद मन्त्री सोनोवाल कालीबाबाको संकल्पमा भइरहेको महायज्ञमा सहभागी हुन काठमाडौं आएका हुन्। उनी स्वयं कालीबाबाका भक्तसमेत हुन्।

पूर्व असम मुख्यमन्त्री समेत भइसकेका सोनोवाल भारतको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषदमा १४ औं वरियताका मन्त्री हुन्।
पशुपति क्षेत्रको हंसमण्डपमा श्री १००८ महामण्डलेश्वर स्वामी कृष्णानन्द परमहंस (कालीबाबा) को उपस्थितिमा श्री दशमहाविद्या रुद्रहवन महायज्ञ सञ्चालन भइरहेको छ।
दक्षिण एशिया तथा विश्वका विभिन्न देशमा आध्यात्मिक प्रभाव कायम गरेका कालीबाबाको संकल्पमा सुरु भएको यो महायज्ञ साउन १४ गते (बुधबार) बाट सुरु भई साउन २४ गते (शनिबार) सम्म सञ्चालन हुनेछ।
महायज्ञको भव्यता, धार्मिक आस्था र कालीबाबाको उपस्थितिका कारण पशुपति क्षेत्रमा हाल ठूलो संख्यामा भक्तजनको उपस्थित देखिएको छ।

-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक