logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

आज फागु पूर्णिमा मनाइँदै

आज फागु पूर्णिमा मनाइँदै


  • सोमबार, फाल्गुन १८ २०८२
  • 5.7K
    SHARES

    काठमाडौँ — वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व सोमबार देशभर मनाइँदैछ।

    परम्परागत रूपमा यस दिन विभिन्न रङ खेल्दै पर्व मनाउने प्रचलन रहेको छ। केही वर्षअघिसम्म उपत्यकामा मानिसहरूले आपसमा पानी र रङ छ्यापाछ्याप गरेर फागु पर्व मनाउँथे, तर पछिल्लो समय यो क्रम सभ्य ढंगले परिवर्तन भएको छ। सडकमा हिँड्ने व्यक्तिलाई इच्छा विपरीत रङ वा लोला हान्ने प्रचलन घटेको छ।

    काठमाडौँको वसन्तपुरमा आज उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी बनाउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगेपछि जलाउने परम्परा छ। चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारमा सहयोग हुने विश्वासका साथ लुँछाचुँडी गरी लिइन्छ र चिरको खरानीले टर्को टिका लाग्ने विश्वास गरिन्छ।

    फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताका सहित सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि पर्वको प्रारम्भ हुन्छ। साथै, राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बाहालदेखि लिएर नबिसाई दश पाथी चामलको भात र राँगाको मासु खुवाउने र सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहिआएको छ।

    फागु पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गर्छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइन्छ। यस वर्ष तराईका जिल्लामा मङ्गलबार होली मनाइँदैछ र सरकारले त्यहाँ पनि सार्वजनिक बिदा दिएको छ। सरकारले निर्वाचन नजिकिएको कारण यसपालिको होली घरमै मनाउन मतदातालाई आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page