logo

आइतबार, मंसिर ७ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ७ आइतबार

पोखराबाट भारतका प्रमुख सहरमा सिधा उडान जोड्न मेयर आचार्यको प्रधानमन्त्रीलाई आग्रह

पोखराबाट भारतका प्रमुख सहरमा सिधा उडान जोड्न मेयर आचार्यको प्रधानमन्त्रीलाई आग्रह


  • आइतबार, मंसिर ७ २०८३
  • 84
    SHARES

    पोखरा — पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सिधा हवाई सम्पर्क स्थापित गर्न पहल गरिदिन आग्रह गरेका छन्।

    प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिमूलक र राष्ट्रिय हितका दृष्टिले फलदायी होस् भन्ने शुभकामना व्यक्त गर्दै मेयर आचार्यले पोखराको पर्यटन तथा आर्थिक विकाससँग जोडिएको हवाई सम्पर्क विस्तारको विषयलाई प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरेका हुन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणी तथा पश्चिमी हवाई रुट प्रयोग गरी भारतका प्रमुख सहरसँग सिधा उडान सञ्चालन हुने वातावरण बनाउनुपर्ने बताएका छन्।

    ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणी तथा पश्चिमी हवाई रुट प्रयोग गरी भारतका प्रमुख सहरहरूसँग सिधा हवाई सम्पर्क स्थापित होस्,’ उनले लेखेका छन्।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भारतका प्रमुख सहरसँग सिधा हवाई सम्पर्क विस्तार गर्ने विषय पोखराको पर्यटन क्षेत्रको महत्त्वपूर्ण अपेक्षाका रूपमा रहँदै आएको छ। भारतबाट पोखरा आउने पर्यटकका लागि सिधा उडानको व्यवस्था हुन सके पर्यटन प्रवर्द्धन र क्षेत्रीय आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    मेयर आचार्यले प्रधानमन्त्रीको भारत भ्रमणका सबै एजेन्डा राष्ट्रिय हितअनुरूप सफल हुने विश्वास व्यक्त गर्दै भ्रमणको सफलताको शुभकामनासमेत दिएका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page