logo

आइतबार, मंसिर ७ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ७ आइतबार

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


  • आइतबार, मंसिर ७ २०८३
  • 1.4K
    SHARES

    ६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको औपचारिक भ्रमणमा जाने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

    प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत भारत भ्रमणमा जाने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।

    प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मु तथा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

    प्रधानमन्त्री शाह भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी श्रेष्ठलाई दिने गरी प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ। उक्त सिफारिसका आधारमा राष्ट्रपतिले श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

    प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सरकारको दैनिक कामकाजलाई निरन्तरता दिन श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page