logo

शुक्रबार, मंसिर ५ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ५ शुक्रबार

गोरखाको बेनीखोलामा चल्ने भयो डुङ्गा, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै कृत्रिम ताल

गोरखाको बेनीखोलामा चल्ने भयो डुङ्गा, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै कृत्रिम ताल


  • शुक्रबार, मंसिर ५ २०८३
  • 0.9K
    SHARES

    गोरखा: गोरखा नगरपालिका–३, नारेश्वरस्थित बेनीखोलामा निर्माण गरिएको कृत्रिम तालमा डुङ्गा सञ्चालनको तयारी गरिएको छ। तालमा डुङ्गा सञ्चालनका लागि आवश्यक डुङ्गा तयार भइरहेको नगरप्रमुख कृष्ण राना मगरले जानकारी दिएका छन्।

    स्थानीय पर्यटन प्रवर्द्धन र समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले निर्माण गरिएको उक्त तालमा डुङ्गा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

    करिब ३२ रोपनी क्षेत्रफलमा फैलिएको ताल निर्माणमा ७० लाख रुपैयाँ लगानी गरिएको थियो। तालको लम्बाइ २१३ मिटर र चौडाइ ९३ मिटर रहेको छ।

    सिँचाइ, मत्स्यपालन र पर्यटन प्रवर्द्धनलाई एकीकृत गर्ने उद्देश्यले निर्माण गरिएको तालले स्थानीय कुमाल समुदायको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    ताल आसपासको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाअनुसार होमस्टे सञ्चालनसमेत गरिएको छ। स्थानीय संस्कृति, रहनसहन र प्राकृतिक वातावरणलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ।

    डुङ्गा सञ्चालनमा आएपछि बेनीखोला क्षेत्र आन्तरिक पर्यटकका लागि नयाँ आकर्षण बन्ने र यसले स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page