काठमाडौं — पर्यटन तथा ट्राभल व्यवस्थापन कम्पनी गौतम होलिडेज प्रा.लि.ले चर्चित हास्यकलाकार तथा ‘कमेडी च्याम्पियन सिजन–२’ का विजेता भरतमणि पौडेललाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कम्पनीले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, ब्रान्ड पहिचान विस्तार र बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित पौडेलसँग एक वर्षका लागि सहकार्य गरेको हो। मंसिर २ गतेदेखि लागू हुने गरी गरिएको सम्झौताअनुसार पौडेल आगामी एक वर्षसम्म कम्पनीका विभिन्न प्रचारप्रसार, ब्रान्ड प्रवर्द्धन तथा व्यावसायिक गतिविधिमा सहभागी हुनेछन्।
मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पौडेलको लोकप्रियतालाई पर्यटन प्रवर्द्धनसँग जोड्ने कम्पनीको योजना छ। उनको सहभागिताले गौतम होलिडेजका सेवा तथा पर्यटनसम्बन्धी गतिविधिलाई थप प्रभावकारी रूपमा आममानिसमाझ पुर्याउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
विगत १५ वर्षदेखि पर्यटन तथा ट्राभल व्यवस्थापन क्षेत्रमा सक्रिय गौतम होलिडेजले स्वदेश तथा विदेश भ्रमण, यात्रासम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आफ्नो सेवा विस्तारसँगै पर्यटन बजारमा ब्रान्ड पहिचान थप स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक उत्तम गौतमले पौडेलसँगको सहकार्यले संस्थाको ब्रान्ड पहिचान थप मजबुत बनाउन, बजार विस्तार गर्न र व्यावसायिक प्रवर्द्धनलाई प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
मनोरञ्जन क्षेत्रका लोकप्रिय कलाकार र पर्यटन व्यवसायबीचको यो सहकार्यले गौतम होलिडेजको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत नयाँ आयाम थप्ने कम्पनीको अपेक्षा छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने