logo

बिहिबार, मंसिर ४ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ४ बिहिबार

प्रहरी सेवालाई परिणाममुखी बनाउन गोरखा प्रहरीको एकवर्षे कार्ययोजना

प्रहरी सेवालाई परिणाममुखी बनाउन गोरखा प्रहरीको एकवर्षे कार्ययोजना


  • बिहिबार, मंसिर ४ २०८३
  • 70
    SHARES

    गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी सेवालाई थप प्रभावकारी, व्यवस्थित र जनविश्वासयोग्य बनाउने उद्देश्यसहित एकवर्षे कार्ययोजना अघि सारेको छ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनिलकुमार खड्काले मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग आर्थिक वर्ष २०८३/०८४ को ‘एकवर्षे कार्ययोजना’ सम्बन्धी कार्यसम्पादन करारपत्रमा हस्ताक्षर गरेका छन्।

    नेपाल प्रहरीले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिलाई थप परिस्कृत र व्यवस्थित बनाउँदै निश्चित लक्ष्यसहित कार्यसम्पादन गर्ने उद्देश्यले करारपत्रमा हस्ताक्षर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    कार्यक्रममा एसपी खड्काले कार्ययोजनाअनुसार काम गर्दा प्रहरी संगठनको सुदृढीकरण हुनुका साथै परिणाममुखी प्रहरी सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    उनले मातहतका सबै प्रहरी कार्यालयलाई निर्धारित लक्ष्य र जिम्मेवारीअनुसार दृढताका साथ कार्यसम्पादन गर्न निर्देशनसमेत दिएका छन्।

    जिल्ला प्रहरी कार्यालयका अनुसार कार्ययोजनाले प्रहरी संगठनको आन्तरिक व्यवस्थापन सुधार तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page