logo

मंगलबार, मंसिर २ २०८३

kantipurpationlinetv

२०८३ मंसिर २ मंगलबार

३७ दिनपछि धार्चेका ६ सय घरधुरीमा विद्युत् र सञ्चार सेवा सुचारु

३७ दिनपछि धार्चेका ६ सय घरधुरीमा विद्युत् र सञ्चार सेवा सुचारु


  • मंगलबार, मंसिर २ २०८३
  • 91
    SHARES

    गोरखा । बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण अवरुद्ध विद्युत् तथा सञ्चार सेवा ३७ दिनपछि गोरखाको धार्चे गाउँपालिकाका बाढी प्रभावित बस्तीमा पुनः सञ्चालनमा आएको छ। धार्चे गाउँपालिका–१ र ३ का करिब ६ सय घरधुरीमा सोमबारदेखि विद्युत् सेवा सुचारु भएको हो।

    गत असोज २५ गते आएको बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबास–उहिया लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा विद्युत् आपूर्ति बन्द भएको थियो। विद्युत् अवरुद्ध भएपछि उहियास्थित नेपाल टेलिकमको टावरसमेत बन्द हुँदा आसपासका बस्ती सञ्चार सम्पर्कबाट विच्छेद भएका थिए। कादुरी संस्थाको पहलमा क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा प्रतिस्थापन गरेपछि विद्युत् सेवा सञ्चालनमा आएको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन्।

    विद्युत् सेवा सुचारु भएसँगै उहियाको टावरबाट माछाखोला, खोर्ला, खोर्लाबेंसी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकलगायतका बस्तीमा सञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको धार्चे–२ का वडाध्यक्ष सरोज गुरुङले बताए। लामो समयसम्म विद्युत् र सञ्चार सेवाबाट वञ्चित हुँदा स्थानीयको जनजीवन तथा सरकारी कामकाजसमेत प्रभावित भएको थियो। सेवा पुनः सञ्चालन भएपछि स्थानीयले राहत महसुस गरेका छन्। सेवा सञ्चालनका लागि सहयोग, पहल र समन्वय गरेको भन्दै उपाध्यक्ष गुरुङले डा. नारायण गुरुङसहित कादुरी संस्थाका सम्पूर्ण परिवारप्रति आभार व्यक्त गरेकी छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page