logo

मंगलबार, मंसिर २ २०८३

kantipurpationlinetv

२०८३ मंसिर २ मंगलबार

दानबहादुर कार्कीको रिटमा बुधबार पहिलो सुनुवाइ हुँदै

दानबहादुर कार्कीको रिटमा बुधबार पहिलो सुनुवाइ हुँदै


  • मंगलबार, मंसिर २ २०८३
  • 77
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ हुने भएको छ।

    यसअघि सोमबारका लागि पेसी तोकिएको भए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ बुधबारका लागि सारिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

    कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै महानिरीक्षक पदमा पुनर्बहाली र नवनियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशको मागसहित रिट दायर गरेका हुन्।

    बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page