गोरखा । गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका नौवटा बस्तीमा नेपाल टेलिकमको चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा विस्तार गरिने भएको छ। आगामी मंसिरदेखि सेवा विस्तारको काम सुरु गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।
नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालयका प्रबन्धक उज्ज्वल पोखरेल, उपप्रबन्धक सुशिम पोखरेल तथा वरिष्ठ इन्जिनियरहरूसँग भएको छलफलमा चुम्चेत, सिप्चेत, छेकम्पार, छुले, निले, मु गुम्बा, फिलिम, ठक्पा र सेराङमा फोरजी सेवा सञ्चालन गर्ने सहमति भएको हो।
त्यसैगरी, ल्हो स्यो डाँडामा विद्युत् सेवा जडानको प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत टेलिकमले जनाएको अध्यक्ष लामाले बताए। नेपाल टेलिकमको बबरमहलस्थित कार्यालयमा भएको छलफलपछि उत्तरी गोरखाका सञ्चार सेवाबाट वञ्चित बस्तीमा मोबाइल सेवा विस्तार हुने अपेक्षा गरिएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग