पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेत्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने भन्दै मेयरमा उठ्ने निर्णय सार्वजनिक गरेकी हुन्।
रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएपछि दलविहीन बनेकी श्रेष्ठले कुन दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्नेबारे भने खुलाएकी छैनन्।
सुमना श्रेष्ठको घोषणासँगै काठमाडौं महानगरको आगामी चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग