logo

शनिबार, कार्तिक २२ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक २२ शनिबार

आज काग तिहार, यमदूतका रूपमा कागको पूजा गरिँदै

आज काग तिहार, यमदूतका रूपमा कागको पूजा गरिँदै


  • शनिबार, कार्तिक २२ २०८३
  • 0.7K
    SHARES

    काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। यमपञ्चकको पहिलो दिन आज कागलाई यमराजको दूतका रूपमा पूजा गरी काग तिहार मनाइँदैछ।

    धार्मिक मान्यताअनुसार कागले यमराजसमक्ष शुभ–अशुभ सन्देश पुर्‍याउने भएकाले आज बिहानै कागलाई मीठा खानेकुरा दिएर पूजा गर्ने चलन छ। कागलाई दहीभातलगायत खानेकुरा अर्पण गर्दै यमदण्ड तथा संकटबाट रक्षा गर्न प्रार्थना गरिन्छ।

    नेपाली समाजमा काग कराउनुलाई पाहुना आउने वा कुनै सन्देश प्राप्त हुने संकेतका रूपमा लिने परम्परासमेत छ। काग तिहारले धार्मिक आस्थासँगै प्रकृति र चराचुरुङ्गीप्रति सम्मान तथा मानव र जीवजन्तुबीचको सहअस्तित्वको सन्देश पनि दिन्छ।

    पाँच दिनसम्म मनाइने यमपञ्चकमा काग तिहारपछि कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्द्धन पूजा र भाइटीका मनाउने गरिन्छ। यस अवधिमा यमराज, भगवान् विष्णु तथा बलि राजासँग सम्बन्धित धार्मिक मान्यताअनुसार विभिन्न पूजा र अनुष्ठान गर्ने परम्परा छ।

    काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा रहेको कागेश्वरी महादेव मन्दिरलगायत धार्मिकस्थलमा विशेष पूजा आराधना गर्ने चलन छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page