logo

शनिबार, असोज २४ २०८३

kantipurpationlinetv

२०८३ असोज २४ शनिबार

गगन थापा नेपाली कांग्रेसको सभापतिमा भारि मतसहित बिजयी

गगन थापा नेपाली कांग्रेसको सभापतिमा भारि मतसहित बिजयी


  • शनिबार, असोज २४ २०८३
  • 84
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा भारी मतसहित निर्वाचित भएका छन् । सभापति पदका लागि भएको निर्वाचनको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्दा ५४ मत बदर भएको छ ।

    निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए । काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना गरिएको हो । सभापति पदको मतगणना सकिएसँगै अन्य पदका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको जनाइएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page