logo

मंगलबार, असोज १३ २०८३

kantipurpationlinetv

२०८३ असोज १३ मंगलबार

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन


  • मंगलबार, असोज १३ २०८३
  • 91
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

    क्षेत्रीय अधिवेशनअन्तर्गत भएको प्रतिनिधि चयन प्रक्रियामा थापा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनका लागि देशभर प्रतिनिधि चयन प्रक्रिया अघि बढिरहेका बेला थापा आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत चयन भएका हुन् ।

    काठमाडौं–४ बाट महाधिवेशन प्रतिनिधि चयन भएसँगै थापा आगामी १५औँ महाधिवेशनमा सहभागी हुनेछन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अहिले विभिन्न निर्वाचन क्षेत्रमा चलिरहेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page