logo

सोमबार, मंसिर १ २०८३

kantipurpationlinetv

२०८३ मंसिर १ सोमबार

नेपाली जनसम्पर्क समिति अमेरिकाको महामन्त्रीमा शिव ढकाल निर्वाचित

नेपाली जनसम्पर्क समिति अमेरिकाको महामन्त्रीमा शिव ढकाल निर्वाचित


  • सोमबार, मंसिर १ २०८३
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनबाट शिव ढकाल केन्द्रीय महामन्त्रीमा निर्वाचित भएका छन्। अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

    अधिवेशनबाट सभापतिमा सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्। वरिष्ठ उपसभापतिमा फिलिप केसी चयन भएका छन्। त्यस्तै, उपसभापतिमा अविनाश नायक, विनोद गौली, इन्द्र सिटौला, प्रेमकाजी श्रेष्ठ र रामबहादुर देउवा निर्वाचित भएका छन्।

    महामन्त्रीमा ढकालसँगै सलिन बस्नेत पनि निर्वाचित भएका छन्। सहमहामन्त्रीमा भरतराज जोशी, दीपा कार्की र श्याम यादव चयन भएका छन्। त्यसैगरी, केन्द्रीय सदस्यमा बिजेन्द्र राणा, विनोद साह, बिशो लामा, जस निडाल, जोशन श्रेष्ठ, कुमारी पार्वती उपाध्याय, मिशन भट्टराई, नवराज भट्ट, राधा ज्ञवाली, राजकुमार श्रेष्ठ, राम ढकाल, रेणु बम्जन, उमा थापा, विनोद श्रेष्ठ र सचिता रायमाझी निर्वाचित भएका छन्।

    सुरज नायक प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन प्रक्रिया सम्पन्न गरेको हो।

    अधिवेशनले आपसी सहमति, एकता र सहकार्यलाई प्राथमिकता दिँदै सर्वसम्मत नेतृत्व चयन गरेको जनाइएको छ। नवनिर्वाचित कार्यसमितिले अमेरिकामा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउनुका साथै संस्थाको संगठनात्मक सुदृढीकरणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    नयाँ नेतृत्व चयनसँगै संस्थाले आगामी कार्यकालमा आफ्ना उद्देश्य र गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page