गोरखा । गोरखाका पुराना कम्युनिस्ट नेता शम्भु भट्टराई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनेका छन्। विद्यार्थी राजनीतिबाट उदाएका भट्टराई विभिन्न राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल परेका नेता हुन्। उनी गोरखामा राजनीतिक आन्दोलनका क्रममा जेल पर्ने पहिलो व्यक्तिका रूपमा समेत परिचित छन्।
शिक्षण पेसामासँगै राजनीतिकमा सक्रिय रहेका भट्टराई माओवादी जनयुद्धका क्रममा संगठन निर्माणमा जुटेका थिए। गोरखा खोप्लाङका भट्टराई इमानदार, वैचारिक रूपमा प्रतिबद्ध र संघर्षशील नेताका रूपमा पहिचान बनाएका उनी पछिल्लो समय उमा भुजेल नेतृत्वको पार्टीमा आबद्ध थिए।
उमा भुजेल नेतृत्वको पार्टी र प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीबीच एकता भएपछि भट्टराईसहित गोरखाका ६ जना नेता केन्द्रीय समितिमा समेटिएका हुन्। गोरखाबाट उमा भुजेल, शम्भु भट्टराई, कपिल भट्ट र काजी गुरुङ, बिष्णु रिजाल र रामचन्द्र थापा केन्द्रीय सदस्य बनेका हुन्।
-
राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग