पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्षमा अर्जुन खनाल निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न प्रदेश अध्यक्ष पदको निर्वाचनमा खनालले १८९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी पञ्चराम गुरुङले १६४ मत प्राप्त गरे ।
निर्वाचनमा कुल ३६० मत खसेको थियो । त्यसमध्ये ७ मत बदर भएको थियो । खनालले गुरुङलाई २५ मतको अन्तरले पराजित गर्दै राप्रपा गण्डकीको नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।
अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै खनालले गण्डकीमा पार्टी संगठनलाई थप सक्रिय, प्रविधिमैत्री र परिणाममुखी बनाउने एजेन्डा अघि सारेका थिए ।
उनले युवालाई पार्टीको नीति निर्माण, नेतृत्व तथा निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा जोड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
खनाल निर्वाचित भएसँगै गण्डकी प्रदेशमा राप्रपाको संगठन विस्तार, युवाको सहभागिता वृद्धि तथा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष खनालले पार्टीको संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी दिनमा जनस्तरसम्म राप्रपाको उपस्थिति विस्तार गर्ने चुनौती सामना गर्नुपर्नेछ ।
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
इन्स्पेक्टर प्रदीप सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी
-
कांग्रेस केन्द्रीय सदस्यमा दिपक बाबु कँडेलको दाबी, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने एजेन्डा
-
गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन
-
झापा–१ बाट विश्वप्रकाश शर्मा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित