भक्तपुर । चाँगुनारायण नगरपालिकामा आयोजना हुन लागेको प्रथम चाँगुनारायण नगरपालिका मेयर कप राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता आगामी २०८३ कात्तिक १४ र १५ गते सञ्चालन हुने आयोजकले जनाएको छ।
चाँगुनारायण नगरपालिका कार्यालय तथा चाँगुनारायण नगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताले कराते खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरमा चाँगुनारायण नगरपालिकाको खेलकुद पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।
प्रतियोगितामा सहभागी हुन उपत्यकाबाहिरबाट आउने खेलाडीहरूको खाना तथा बसोबासको व्यवस्था आयोजकले नै गर्ने कार्यक्रम संयोजक करुणा राउत छेत्रीले बताउनु भयो । ऊनी आयोजक डोजो सो-क्योकुसिन कराते संघ शाखा डोजो बागेश्वरीकी संचालिका तथा अध्यक्ष पनि हुन्। खेलाडीलाई सहज वातावरणमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न आवश्यक व्यवस्थापनसमेत मिलाइसकिएको उहाँले जानकारी दिनुभयो।
प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै नयाँ प्रतिभावान् खेलाडीको पहिचान र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, राष्ट्रियस्तरका खेलाडी तथा प्रशिक्षकको सहभागिताले चाँगुनारायण क्षेत्रको खेलकुद पर्यटन र स्थानीय पहिचान प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, खेलकुद संघसंस्था तथा सरोकारवाला सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता