लिस्बन । नेपाली गायक प्रकाश सपूतले पोर्चुगलको राजधानी लिस्बनमा सांगीतिक प्रस्तुति दिएका छन्। ‘मेरो साथी इभेन्ट्स’को आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी सयौँ नेपाली दर्शक उनका गीतमा झुमेका थिए।
कार्यक्रममा सपूतले आफ्ना चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए। उनका गीतमा दर्शकले नाच्दै र गाउँदै साथ दिएका थिए। प्रवासमा रहेका नेपाली दर्शकको सहभागिता र उत्साहले नेपाली गीतसंगीतप्रतिको आकर्षण झल्काएको थियो।
आयोजकका अनुसार ‘मेरो साथी इभेन्ट्स’ले लिस्बनमा दोस्रो पटक यस्तो कार्यक्रम आयोजना गरेको हो। यसअघि सन् २०२२ मा पनि संस्थाले सांगीतिक कार्यक्रम आयोजना गरेको थियो।
पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिने यस्ता कार्यक्रमले नेपाली भाषा, कला, संस्कृति र संगीतसँगको सम्बन्धलाई निरन्तरता दिन सहयोग पुर्याउँदै आएका छन्। व्यस्त प्रवासी जीवनका बीच यस्ता कार्यक्रम नेपालीहरूका लागि मनोरञ्जनसँगै भेटघाट र सांस्कृतिक आदानप्रदानको अवसरसमेत बन्ने गरेका छन्।
लिस्बनमा प्रकाश सपूतको प्रस्तुतिमा दर्शकले देखाएको उत्साहले प्रवासमा नेपाली संगीतप्रतिको रुचि र लोकप्रियता उजागर गरेको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक