logo

बुधबार, असोज २८ २०८३

kantipurpationlinetv

२०८३ असोज २८ बुधबार

श्याम राना मगर र प्रीति आलेको ‘हो कि होइन’ सार्वजनिक

श्याम राना मगर र प्रीति आलेको ‘हो कि होइन’ सार्वजनिक


  • बुधबार, असोज २८ २०८३
  • 84
    SHARES

    काठमाडौं । चर्चित लोकदोहोरी गायक श्याम राना मगर र गायिका प्रीति आले मगरको स्वरमा सजिएको नयाँ गीत ‘हो कि होइन’ सार्वजनिक भएको छ । गाउँघरमा प्रचलित उखान–टुक्कालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको गीतको म्युजिक भिडियो श्याम राना अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    गीतको शब्द राजेश नेपालीले लेखेका हुन् भने संगीत तथा एरेन्ज विश्वास नेपालको रहेको छ । ओजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो मुकेश नेपालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । भिडियोमा श्याम राना मगर र प्रीति आले मगरले छमछमी नाच्दै हास्यरसयुक्त अभिनय गरेका छन् ।

    ‘बोका दाइ हुने भए गोरु किन चाहियो’ जस्ता गाउँघरमा प्रचलित उखान–टुक्कालाई गीतमा व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरिएको छ । दुर्गा पौडेलले छायांकन गरेको भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

    गीतको काठमाडौंको सामाखुसीस्थित आत्मज्ञान बर्गर हाउसमा आयोजित कार्यक्रमबीच विमोचन गरिएको थियो । नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष नन्दु घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न विमोचन कार्यक्रममा संघका पदाधिकारीहरूको उपस्थिति थियो । गायक श्याम राना मगर नेपाल मगर सांस्कृतिक संघको केन्द्रीय समितिका सदस्यसमेत हुन् ।

    गीत सार्वजनिक भएपछि गायक रानाले दर्शक तथा स्रोताले गीतलाई मन पराउने विश्वास व्यक्त गरेका छन् । गाउँघरमा बोलिने उखान–टुक्कालाई मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको बताउँदै उनले श्याम राना अफिसियल युट्युब च्यानलमार्फत गीत हेरेर प्रतिक्रिया दिन दर्शक तथा स्रोतासँग आग्रह गरेका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page