logo

शनिबार, असोज १७ २०८३

kantipurpationlinetv

२०८३ असोज १७ शनिबार

२५ वर्षे यात्राको उत्सव मनाउँदै लोक तथा दोहोरीगीत प्रतिष्ठान, ९औँ महाधिवेशन बर्दिबासमा

२५ वर्षे यात्राको उत्सव मनाउँदै लोक तथा दोहोरीगीत प्रतिष्ठान, ९औँ महाधिवेशन बर्दिबासमा


  • शनिबार, असोज १७ २०८३
  • 84
    SHARES

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती पहिलोपटक मधेश प्रदेशमा आयोजना हुने भएको छ ।

    प्रतिष्ठानले असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासस्थित गौरीडाँडा खुला मञ्चमा महाधिवेशन गर्न लागेको हो । महाधिवेशनमा देशभरबाट करिब १ हजार ५ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरले जानकारी दिइन् ।

    शुक्रबार बर्दिबासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मगरले प्रतिष्ठानको २५ वर्षे संस्थागत यात्राको महत्वपूर्ण अवसरका रूपमा यसपटक मधेशमा महाधिवेशन आयोजना गर्न लागिएको बताइन् ।

    ‘लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनले प्रतिष्ठानको नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको विगतको समीक्षा र आगामी कार्यदिशाबारे निर्णय गर्नेछ ।

    महाधिवेशनको उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, अग्रज कलाकार, स्रष्टा, सञ्चारकर्मी तथा लोक संस्कृतिप्रेमीको सहभागिता रहनेछ ।

    वि.सं. २०५७ असोजमा नवलपरासीको अरुणखोलामा वरिष्ठ लोक तथा दोहोरी गायक अम्बर विरही गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन भएसँगै प्रतिष्ठानको संस्थागत यात्रा सुरु भएको थियो । हाल प्रतिष्ठान सातै प्रदेश, ७० जिल्ला तथा विदेशसम्म विस्तार भएको छ ।

    रजत जयन्तीका अवसरमा लोक तथा दोहोरी गीत क्षेत्रमा योगदान पुर्‍याएका अग्रज स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको अध्यक्ष मगरले बताइन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page