काठमाडौं । द्धन्द्ध पीडित तथा अपाङ्गता भएका बालबालिकाको हेरचाह, संरक्षण तथा स्वास्थ्य सेवामा सहयोग जुटाउने उद्देश्यले काठमाडौंको शंखरापुरमा श्रीमद्भागवत सप्ताह सत्संग ज्ञान महायज्ञ तथा आध्यात्मिक सांस्कृतिक उत्सव आयोजना हुने भएको छ ।
द्धन्द्ध पीडित तथा अपाङ्ग समाज नेपालको आयोजनामा तथा लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा र पिपल्स लाइफ केयर हस्पिटलको सहकार्यमा आगामी २०८३ मंसिर १० देखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुन लागेको हो । शंखरापुर नगरपालिका–६, सलम्बुटारस्थित पिपल्स लाइफ केयर हस्पिटल नजिकै आयोजना हुने महायज्ञमा कथावाचिका योगमाया सखी (जेरी) ले श्रीमद्भागवत कथा वाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
नेपाली लोकदोहोरी क्षेत्रमा परिचित नाम हो, बबिता बानियाँ ‘जेरी’ । लोकदोहोरी गायन तथा विभिन्न सांगीतिक प्रस्तुतिमार्फत लोकप्रियता कमाएकी जेरी पछिल्लो समय आध्यात्मिक यात्रामा समेत सक्रिय छिन् । करिब दुई दशक लोकदोहोरी क्षेत्रमा बिताएकी उनले गायनसँगै श्रीमद्भागवतको अध्ययनलाई अघि बढाएकी हुन् । उनले २०८१ माघमा काठमाडौंको नागार्जुन नगरपालिका–१, रानीवनस्थित नागभूषण महादेव मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञबाट औपचारिक रूपमा कथावाचन यात्रा सुरु गरेकी थिइन् । त्यसपछि उनी ‘योगमाया सखी’का रूपमा समेत परिचित भएकी छन् ।
आयोजकका अनुसार महायज्ञको मुख्य उद्देश्य द्धन्द्धपीडित तथा अपाङ्गता भएका बालबालिकाको उचित हेरचाह, संरक्षण, स्वास्थ्य उपचार तथा दैनिक जीवनयापनका आधारभूत आवश्यकता पूरा गर्न सहयोग जुटाउनु हो । धार्मिक तथा आध्यात्मिक कार्यक्रमलाई सामाजिक सेवासँग जोडेर आयोजना गर्न लागिएको महायज्ञमा सहभागी हुन आयोजकले श्रद्धालु भक्तजन तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग