logo

शनिबार, असोज २४ २०८३

kantipurpationlinetv

२०८३ असोज २४ शनिबार

लोकदोहोरी प्रतिष्ठानको नयाँ नेतृत्वमा पशुपति शर्मा, यस्तो बन्यो कार्यसमिति

लोकदोहोरी प्रतिष्ठानको नयाँ नेतृत्वमा पशुपति शर्मा, यस्तो बन्यो कार्यसमिति


  • शनिबार, असोज २४ २०८३
  • 91
    SHARES

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायक पशुपति शर्मा चयन भएका छन् । महोत्तरीको बर्दिबासमा सम्पन्न प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, संगठनात्मक उपाध्यक्षमा राजु ढकाल र प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई चयन भएका छन् । त्यस्तै, महिला उपाध्यक्षमा देवी घर्ती निर्वाचित भएकी छन् ।

    खुला उपाध्यक्षमा श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, पुष्कल शर्मा र रबिन लामिछाने चयन भएका छन् ।

    त्यस्तै, महासचिवमा शिव हमाल, संगठनात्मक उपमहासचिवमा पीएन सापकोटा, प्रशासनिक उपमहासचिवमा ईश्वरी भुसाल, कोषाध्यक्षमा जुना श्रीष मगर र महिला सचिवमा सम्झना लामिछाने मगर चयन भएका छन् ।

    प्रदेश तथा अन्य सचिव पदमा बागमतीबाट उषा सुवेदी, मधेसबाट कृष्णप्रसाद गौतम, सुदूरपश्चिमबाट नवीन सिंह धामी, गण्डकीबाट प्रकाश भट्ट, लुम्बिनीबाट प्रेम शर्मा, कोशीबाट विष्णु घिमिरे, कर्णालीबाट राजकुमार खत्री, उपत्यकाबाट सुजन लम्साल र विदेशबाट सूर्य खड्का चयन भएका छन् ।

    संगठनात्मक सहसचिवमा कुमार राना मगर, प्रशासनिक सहसचिवमा तिलक परियार, महिला सहसचिवमा मनमाया वाइबा र विदेश सहसचिवमा रेशम निर्दोष चयन भएका छन् । खुला सहकोषाध्यक्षमा कुमार पुन मगर र सम्झना भण्डारी तथा महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङ चयन भएका छन् ।

    महाधिवेशनबाट ३३ जना सदस्यसमेत चयन भएका छन् । सदस्यमा अनुज अधिकारी, ईश्वर सिंह, ओबी रायमाझी, कला पंगेनी, नरेश खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाईं, रबी कार्की, राजकुमार नेपाली, सपना सुनाम, सुमन परियार, कविता खत्री, कालिका रोका, टीका सानु, निरु श्रीष मगर, प्रतिमा अर्याल, सुनितामी परियार, शान्तारानी परियार, ईश्वरप्रसाद पन्त, तुलसी क्षेत्री, दिपु मगर, बालकुमार श्रेष्ठ, बासुदेव सिंखडा, लालबहादुर धामी, हरिमाया कार्की, अर्जुन थापामगर, विजय केसी र महेन्द्र न्यौपानेसहितका रहेका छन् ।

    प्रतिष्ठानले नयाँ नेतृत्वमार्फत नेपाली लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र कलाकारको हकहितका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page