पोखरा । इलाका प्रहरी कार्यालय आबुखैरेनीका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप सुवेदी भदौ महिनाका लागि गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीले उनलाई ‘पुलिस अफ द मन्थ’का रूपमा पुरस्कृत गरेका हुन् ।
प्रदेश प्रहरी कार्यालयले जारी गरेको प्रमाणपत्रअनुसार इन्स्पेक्टर सुवेदीले भोटेकोशी बाढीपछि ३८ वटा शव निकाल्ने कार्यको सफल कमाण्ड सम्हालेका थिए । साथै फरार प्रतिवादी पक्राउ, जघन्य अपराधको सफल अनुसन्धान तथा समुदायमा प्रहरी जनचेतना अभिवृद्धिका लागि उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो ।
२०७४ सालमा प्रहरी सेवामा प्रवेश गरेका सुवेदीले यसअघि धनुषाको इलाका प्रहरी कार्यालय ढल्केबरको कमाण्ड सम्हालिसकेका छन् । उनले जिल्ला प्रहरी कार्यालय सोलु, काठमाडौंका प्रहरी वृत्त दरबारमार्ग र लैनचौर तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा समेत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
खेम सेन्चुरीले नारायण रायमाझीको ‘बसन्ती’बाट फिल्ममा डेब्यु गर्ने
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी