logo

शनिबार, असोज २४ २०८३

kantipurpationlinetv

२०८३ असोज २४ शनिबार

गगनलाई विश्वप्रकाशको शुभकामना: ‘लु ब्रदर, बलियो कमान्डका लागि शुभकामना’

गगनलाई विश्वप्रकाशको शुभकामना: ‘लु ब्रदर, बलियो कमान्डका लागि शुभकामना’


  • शनिबार, असोज २४ २०८३
  • 84
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै शर्माले पार्टीलाई लक्ष्यमा पुर्‍याउन अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् । देशलाई सही गन्तव्यमा पुर्‍याउन चुनौतीको संयमपूर्वक सामना गर्नुपर्ने, फरक विचार र भावनालाई जोड्नुपर्ने तथा विगतका उपलब्धिको संरक्षण गर्दै कमजोरी सुधार्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

    शर्माले इतिहासप्रति इमानदार रहँदै देशको समुन्नतिका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । थापाको नेतृत्वमा कांग्रेसले यी लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गर्दै उनले नयाँ नेतृत्वलाई आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाएका छन् ।

    ‘लु ब्रदर, बलियो कमान्डका लागि शुभकामना !’ भन्दै शर्माले थापालाई शुभकामना दिएका हुन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page