गोरखा: गोरखाको भीमसेनथापा गाउँपालिका–७, बोर्लाङमा आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरबाट ३६९ जना लाभान्वित भएका छन्। मंसिर ५ र ६ गते सञ्चालन गरिएको शिविरमा २४७ महिला र १२२ पुरुषले विभिन्न स्वास्थ्य सेवा लिएका हुन्।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा, प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा, प्रदेश अस्पताल गोरखा, प्रदेश आयुर्वेद चिकित्सालय गोरखा, आँपपिपल अस्पताल र भिमसेनथापा गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो।
शिविरमा ३४० जनाको रक्त नमुना संकलन तथा परीक्षण गरिएको थियो। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट ३३२ जनाको छातीसम्बन्धी रोगको खोजपड्ताल गरिएको थियो भने क्षयरोगको आशंकामा २३ जनाको खकार नमुना संकलन गरी जिन एक्सपर्ट परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो। परीक्षणबाट तीन जनामा क्षयरोग पहिचान भएको आयोजकले जनाएको छ।
आँखा सेवाअन्तर्गत १६० जनाले सेवा लिएका थिए। परीक्षणका क्रममा १४ जनालाई मोतियाविन्दुको शल्यक्रिया आवश्यक देखिएको छ। प्रजनन रुग्णतासम्बन्धी सेवा ६८ जनाले लिएका थिए। त्यस्तै, पाठेघरको मुखको सम्भावित क्यान्सर पहिचानका लागि २२ जनाको VIA परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखिएको थियो। उनीहरूलाई थर्मोकोगुलेसन विधिबाट उपचार गरिएको आयोजकले जनाएको छ।
शिविरमा नौ जनामा स्तन क्यान्सरको आशंका देखिएपछि थप परीक्षणका लागि प्रेषण गरिएको थियो भने आठ जनामा आङ खस्ने समस्या पहिचान भएको थियो।
मनोसामाजिक सेवातर्फ ३०४ जनालाई परामर्श प्रदान गरिएको थियो। तीमध्ये ३१ जनालाई थप मनोसामाजिक परामर्श आवश्यक देखिएको आयोजकको विवरणमा उल्लेख छ। यसैगरी, ४५ जनाले मनोचिकित्सकबाट उपचार सेवा लिएका थिए।
त्यस्तै, १२८ जनालाई योग, ध्यान, मेडिटेसन, जीवनशैली तथा आहारविहारसम्बन्धी परामर्श प्रदान गरिएको थियो। विभिन्न स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी एकीकृत रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न