logo

मंगलबार, मंसिर ९ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ९ मंगलबार

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा


  • मंगलबार, मंसिर ९ २०८३
  • 35
    SHARES

    गोरखा: प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले आर्थिक वर्ष २०८२/०८३ मा गण्डकी प्रदेशका प्रदेश जनस्वास्थ्य कार्यालयहरूमध्ये सर्वाधिक ७९.०९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। उक्त उपलब्धिको कदर गर्दै गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले कार्यालयलाई सम्मान गरेको छ।

    स्वास्थ्य मन्त्रालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीका अवसरमा कार्यालयलाई सम्मानपत्र प्रदान गरिएको हो। गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपाने, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक खिमबहादुर खड्का र स्वास्थ्य मन्त्रालयका निमित्त प्रदेश सचिव सुरज गुरौले प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख डा. सिमृन काफ्लेलाई सम्मानपत्र प्रदान गरेका थिए।

    कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गण्डकी प्रदेशका प्रदेश जनस्वास्थ्य कार्यालयहरूमध्ये गोरखाले सबैभन्दा बढी वित्तीय प्रगति हासिल गरेको हो।

    कार्यालय प्रमुख डा. काफ्लेले यो उपलब्धि कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय तह तथा स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सरोकारवालाहरूको मेहनत, लगनशीलता र सामूहिक सहकार्यको परिणाम भएको बताएकी छन्।

    कार्यालयले यस उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय तह तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page