काठमाडौं: कोरियाली सौन्दर्य प्रविधि (K-Beauty) सम्बन्धी आधुनिक सीप अब नेपालमै सिक्न पाइने भएको छ। नेपाली युवायुवतीलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप प्रदान गर्ने उद्देश्यले ओपाल ग्लोबल स्किल्स एकेडेमीले K-Beauty Courses सञ्चालनमा ल्याएको छ। ‘तपाईंको सौन्दर्य करियर Seoul शैलीमा सुरु हुन्छ’ भन्ने नारासहित अघि बढेको एकेडेमीले आगामी नोभेम्बर १ देखि तालिम सुरु गर्ने जनाएको छ।
तालिमअन्तर्गत Lash Perm, Aesthetic Care, Laser, Carbon Peeling र Semi-Permanent Makeup जस्ता आधुनिक सौन्दर्य प्रविधिसम्बन्धी सीप सिकाइनेछ। यसबाट सौन्दर्य क्षेत्रमा करियर बनाउन चाहने तथा आफ्नो व्यवसाय विस्तार गर्न इच्छुक युवायुवती लाभान्वित हुने अपेक्षा गरिएको छ।
तालिममा दक्षिण कोरियाको Bomdam Beauty & K-Beauty की विशेषज्ञ मिस मिक्युङको सहभागिता रहने एकेडेमीले जनाएको छ। यसअघि पनि उनको सहभागितामा निःशुल्क K-Beauty Webinar आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले कोरियाली सौन्दर्य प्रविधि, आधुनिक अभ्यास र करियरका सम्भावनाबारे जानकारी लिएका थिए।
एकेडेमीका अनुसार तालिमको उद्देश्य प्रमाणपत्र प्रदान गर्नुमा मात्र सीमित नभई सहभागीलाई व्यावहारिक सीप, आत्मविश्वास र व्यावसायिक दक्षतासहित सौन्दर्य क्षेत्रमा अघि बढ्न सक्षम बनाउनु हो। तालिमपछि सैलुनका सेवा विस्तार गर्न, आफ्नै ब्युटी स्टुडियो वा सैलुन सञ्चालन गर्न तथा एस्थेटिक व्यवसायमा संलग्न हुन सकिने सम्भावना रहेको एकेडेमीले जनाएको छ।
‘International Standards Beauty Academy in Nepal’ को अवधारणासहित अघि बढेको ओपाल ग्लोबल स्किल्स एकेडेमीले नेपाली युवालाई नेपालमै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप सिकाउने लक्ष्य राखेको छ।
थप जानकारी तथा तालिममा सहभागिताका लागि ओपाल ग्लोबल स्किल्स एकेडेमी, सेतोपुल, मैतीदेवी, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ। एकेडेमीको सम्पर्क नम्बर ०१–४५४५९९९, ९७६८५२७३२७, ९७६८५२७३२६ र ९७६३४०२५९९ रहेको छ भने इमेलमार्फत info@opalglobalskillsacademy.com मा सम्पर्क गर्न सकिनेछ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक