logo

शुक्रबार, असोज ३० २०८३

kantipurpationlinetv

२०८३ असोज ३० शुक्रबार

सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक

सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक


  • शुक्रबार, असोज ३० २०८३
  • 1.2K
    SHARES

    काठमाडौं । गायक सन्तोष परियारको नयाँ दशैं–तिहार गीत ‘लाहुरेको दशैं तिहार’ सार्वजनिक भएको छ । चाडपर्वका बेला परिवारसँगै हुन नपाउँदाको पीडा र देश सेवामा खटिएका राष्ट्रसेवक कर्मचारीको भावनात्मक अवस्थालाई समेटिएको गीतले दर्शकको मन छोएको छ ।

    देश सेवामा खटिएका राष्ट्रसेवक कर्मचारी दशैं–तिहारमा घर फर्कन नपाउँदा परिवारमा उत्पन्न हुने भावनात्मक अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ । श्रीमान् देश सेवामा खटिनुपर्दा घरमा रहेकी श्रीमतीले बाटो कुरेर बस्नुपर्ने बाध्यता र चाडपर्वमा परिवारसँगै मनाउन नपाउँदाको पीडालाई गीतको मुख्य विषय बनाइएको छ ।

    गीतमा सन्तोष परियार, अञ्जिता विश्वकर्मा र ज्ञानु परियारको स्वर रहेको छ । होम गैरेले शब्द तथा लय सिर्जना गरेको गीतमा पूर्ण संयोगले संगीत संयोजन गरेका छन् । गीतको रेकर्डिङ मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

    होम गैरेकै कथा तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सन्तोष परियार, जुना गुरुङ र रितिका परियारलगायत कलाकारले अभिनय गरेका छन् । भिडियोको छायांकन सुदीप मैनालीले गरेका हुन् भने सम्पादन होम गैरे र कलर संयोजन नवीन घर्ती मगरले गरेका छन् ।

    गीतको म्युजिक भिडियो काठमाडौंको कपनस्थित नेपाल प्रहरी विशेष कार्यदलमा समेत छायांकन गरिएको छ । दशैंमा टीका लगाउन र तिहारमा भाइटीका मनाउन घर फर्कन नपाउँदाको पीडालाई समेटिएको गीतले चाडपर्वमा परिवारबाट टाढा रहेर देश र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीको त्याग र भावनालाई उजागर गरेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page