logo

शुक्रबार, असोज ३० २०८३

kantipurpationlinetv

२०८३ असोज ३० शुक्रबार

चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना

चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना


  • शुक्रबार, असोज ३० २०८३
  • 1K
    SHARES

    भक्तपुर: चाँगुनारायण नगरपालिकाले बजारमा उपभोक्ता हित संरक्षण तथा खाद्यवस्तुको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले २७, २८ र २९ गते नगरपालिकाका वडा नं. ६, ७, ८, ९ र २ मा निरन्तर बजार अनुगमन गरेको छ।

    नगरपालिकाका प्रतिनिधि तथा जनप्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च, उद्योग तथा वाणिज्य संघ, सञ्चारकर्मीलगायतको सहभागितामा गरिएको अनुगमनका क्रममा मासु, फलफूल, मिठाई, औषधि, किराना, स्टेसनरी तथा कस्मेटिक्स पसलहरूको निरीक्षण गरिएको थियो।

    अनुगमनका क्रममा अधिकांश पसलमा ढक–तराजु नवीकरण नगरेको तथा स्थानीय तहमा पसल दर्ता नगरेको पाइएको छ। यसैक्रममा आज २९ गते चा. न. पा. -२ दुवाकोट मोडस्थित जनकपुर स्वीट एन्ड चाट हाउसलाई अखाद्य वस्तु तथा लापरबाहीसम्बन्धी कसुरमा रु. १५ हजार जरिवाना गरिएको छ।

    नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिँदै व्यवसायीहरूलाई प्रचलित नियम, मापदण्ड तथा उपभोक्ता हितसम्बन्धी प्रावधानको पालना गर्न आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page