काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा दुई दशकदेखि सक्रिय गायिका अमृता लुङ्गेली मगरले यस वर्ष पनि मौलिक देउसी भैलो गीत ‘फूलमाला भाग ७’ सार्वजनिक गरेकी छन्। हाल अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय उनले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन्।
गीतमा घमेश दुलाल, राजु परियार, सरोज बिरही कार्की, अमृता लुङ्गेली मगर, सीता थापा र राधिका हमालको स्वर रहेको छ। गीतको शब्द, लय तथा संगीत संयोजन सरोज बिरही कार्कीले गरेका छन्। स्टुडियो एचडी आफ्नो मनमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन्।
खगेन्द्र गिरीको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने र अमिस उपरकोटीको अभिनय रहेको छ। भिडियोमा चन्द्र शर्मा घरबेटीको भूमिकामा देखिएका छन्।
तिहारको मौलिकता, नेपाली संस्कृति, परम्परा र समसामयिक परिवेशलाई समेटेर तयार गरिएको गीतले देउसी भैलोको सांस्कृतिक महत्त्वलाई उजागर गर्ने प्रयास गरेको छ।
गीत सार्वजनिक गर्दै गायिका अमृता लुङ्गेली मगरले नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले आफूले हरेक वर्ष तिहार गीत ल्याउँदै आएको बताएकी छन्। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै ‘फूलमाला भाग ७’ दर्शकमाझ ल्याएको उल्लेख गर्दै उनले गीतलाई माया गरिदिन दर्शक तथा स्रोतासँग आग्रह गरेकी छन्।
विदेशमा रहेर पनि नेपाली मौलिक गीतसंगीत र संस्कृतिको प्रवर्द्धनमा सक्रिय गायिका मगरको यस प्रयासले तिहारको सांस्कृतिक महत्त्वलाई नयाँ पुस्तामाझ पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हेर्नुहोस् गितको पुरा भिडियो:
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक