logo

बुधबार, असोज ७ २०८३

kantipurpationlinetv

२०८३ असोज ७ बुधबार

मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह

मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह


  • बुधबार, असोज ७ २०८३
  • 77
    SHARES

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मौसममा सुधार नभएसम्म यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन् ।

    मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

    सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानका साथै सडक तथा हवाई यातायातमा समेत अवरोध हुनसक्ने भन्दै प्रधानमन्त्री शाहले पानी परिरहेको समयमा र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन् ।

    पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी तथा खोलानजिक विशेष सतर्कता अपनाउन आग्रह गर्दै उनले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना भए मौसम सुधार नभएसम्म यात्रा स्थगित गर्न वा पुनर्विचार गर्न अनुरोध गरेका छन् ।

    प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र सम्बन्धित निकायका निर्देशन पालना गर्न पनि आग्रह गरेका छन् । साथै, सम्भावित विपद्‌को जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई पूर्वतयारी, समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page