logo

शुक्रबार, मंसिर ५ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ५ शुक्रबार

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत


  • शुक्रबार, मंसिर ५ २०८३
  • 0.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आइतबार हुने प्रधानमन्त्री साहको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले बैठकका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरिएको जानकारी दिए। उनका अनुसार बैठकले भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ।

    त्यसैगरी, बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

    त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट र्‍यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री तिमिल्सनाले बताए।

    मन्त्रिपरिषद् बैठकले नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णयसमेत गरेको छ।

    बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ समेत स्वीकृत गरेको मन्त्री तिमिल्सनाले जानकारी दिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page