logo

शुक्रबार, मंसिर ५ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ५ शुक्रबार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलका शीर्ष नेताहरूसँग छलफल

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलका शीर्ष नेताहरूसँग छलफल


  • शुक्रबार, मंसिर ५ २०८३
  • 0.9K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।

    शुक्रबार आयोगमा आयोजित छलफलमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी भएका छन्।

    त्यसैगरी, रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईलगायत विभिन्न दलका नेताहरू पनि छलफलमा सहभागी छन्।

    स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले दलहरूसँग परामर्श थालेको हो। छलफलमा निर्वाचनको तयारी, व्यवस्थापन, निर्वाचन प्रक्रिया तथा निर्वाचनलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा राजनीतिक दलहरूका सुझाव लिने आयोगको तयारी छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page