logo

बिहिबार, मंसिर ४ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ४ बिहिबार

भ्रामक समाचारविरुद्ध प्रेस काउन्सिल पुगे गण्डकीका मन्त्री न्यौपाने

भ्रामक समाचारविरुद्ध प्रेस काउन्सिल पुगे गण्डकीका मन्त्री न्यौपाने


  • बिहिबार, मंसिर ४ २०८३
  • 91
    SHARES

    गोरखा । गण्डकी प्रदेश सरकारका मन्त्री तथा नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले आफ्नो नाम जोडेर प्रकाशित भ्रामक तथा आधारहीन समाचारविरुद्ध कानुनी उपचार खोजेका छन्।

    आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले केही सञ्चारमाध्यममा मानव तस्करी र रातो पासपोर्ट दुरुपयोगजस्ता गम्भीर आरोपसहित समाचार प्रकाशित भएको भन्दै उनले प्रेस काउन्सिल नेपालमा उजुरी दिएका हुन्।

    न्यौपानेले ती समाचारहरू कपोलकल्पित र तथ्यहीन रहेको दाबी गरेका छन्। यस्ता समाचारले आफ्नो राजनीतिक तथा सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउनुका साथै व्यक्तिगत र पारिवारिक जीवनमा समेत मानसिक पीडा सिर्जना गरेको उनको भनाइ छ।

    सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधिमाथि प्रश्न उठाउने र आलोचना गर्ने सञ्चारमाध्यमको अधिकारप्रति सम्मान रहेको उल्लेख गर्दै उनले अपुष्ट आरोपलाई तथ्यका रूपमा प्रस्तुत गरी व्यक्तिको प्रतिष्ठामाथि प्रहार गर्नु स्वीकार्य नहुने बताएका छन्।

    प्रकाशित समाचारविरुद्ध प्रेस काउन्सिलमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै न्यौपानेले शुभचिन्तक, समर्थक तथा आम नागरिकलाई अपुष्ट समाचारका आधारमा कुनै धारणा नबनाउन आग्रह गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page