logo

मंगलबार, साउन १३ २०८२

kantipurpationlinetv

२०८२ साउन १३ मंगलबार

एसपी गौतम मिश्र मधेश प्रदेशकै उत्कृष्ट प्रहरी उपरीक्षक घोषित

एसपी गौतम मिश्र मधेश प्रदेशकै उत्कृष्ट प्रहरी उपरीक्षक घोषित


  • सोमबार, साउन १२ २०८२
  • 9.5K
    SHARES

    पर्सा । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई मधेश प्रदेशकै सर्वोत्कृष्ट प्रहरी उपरीक्षक घोषित गरिएको छ।

    गत आर्थिक वर्षमा ९०.१९ प्रतिशत अंक प्राप्त गर्दै पर्सा जिल्ला प्रहरी कार्यालय प्रदेशमै पहिलो भएको हो। सोही मूल्यांकनको आधारमा एसपी मिश्रले प्रदेशकै उत्कृष्ट प्रहरी नेतृत्वको मान्यता पाएका हुन्।

    चोरी–तस्करी नियन्त्रणमा ऐतिहासिक सफलता
    एसपी मिश्रको नेतृत्वमा पर्सा प्रहरीले ६० करोड रुपैयाँभन्दा बढी मूल्यका चोरी र तस्करीका सामानहरू नियन्त्रण गर्न सफल भएको छ। त्यसैगरी, १ हजार ५ सय ११ जना फरार प्रतिवादीहरू पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल गरिएको छ।

    लागुऔषध र मानव बेचबिखन विरुद्ध प्रभावकारी कारबाही
    पर्सा प्रहरीले लागुऔषध कारोबार र मानव बेचबिखन जस्ता संगठित अपराध नियन्त्रणमा पनि प्रभावकारी उपस्थिति जनाउँदै आएको छ। यी विषयमा समर्पित विशेष अभियान र निगरानीका कारण उल्लेखनीय परिणाम आएको प्रहरी स्रोत बताउँछ।

    भौतिक पूर्वाधार र सामुदायिक सुरक्षामा सक्रियता
    मिश्रको नेतृत्वमा पर्सामा प्रहरी कार्यालयको भौतिक संरचना सुधार भएको छ। साथै, धार्मिक तथा सांस्कृतिक पर्वहरूमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकन प्रतिवेदनमा उल्लेख छ।

    पहिलोपटक सर्वोत्कृष्ट
    २०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन सम्झौता मूल्यांकन प्रणालीमा पर्सा जिल्ला प्रहरी कार्यालय पहिलोपटक सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित भएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech