काठमाडौं — जेन्जी आन्दोलनको भावना, राष्ट्रिय पहिचान र समकालीन सामाजिक चेतना समेटिएको ‘म नेपाली हुँ, मेरो देश नेपाल’ बोलको गीत सार्वजनिक गरिएको छ।
वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा को लेखन तथा अभिनय रहेको उक्त गीत शुक्रबार काठमाडौंको सिटी सेन्टर स्थित फुडकोर्टमा आयोजित कार्यक्रममा औपचारिक रूपमा विमोचन गरिएको हो।
कार्यक्रममा जेन्जी आन्दोलनका सहिद सन्तोष विश्वकर्माकी श्रीमती अम्बिका विश्वकर्मा, सहिद देवकुमार सुवेदीकी श्रीमती पार्वती अधिकारी तथा सहिद बुद्धिबहादुर तामाङका बुबा विष्णु बहादुर तामाङलगायतको उपस्थिति रहेको थियो। उनीहरूले गीतले समकालीन समाजको भावना र राष्ट्रिय एकताको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए।
गीतमा संगीतकार पुरुषोत्तम न्यौपाने को संगीत तथा गायक सत्यराज आचार्य को स्वर रहेको छ। सर्जकहरूले संगीतमार्फत नेपाली पहिचान, आत्मसम्मान र नयाँ पुस्ताको चेतनालाई अभिव्यक्त गर्ने प्रयास गरेका छन्।
गीतमा अभिनयसमेत गरेकी महराले कला र संगीत समाजलाई जोड्ने प्रभावकारी माध्यम भएकाले सकारात्मक सन्देश फैलाउने उद्देश्यसहित कृति तयार गरिएको बताइन्। गायक आचार्यले गीतले नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
सार्वजनिक गीत म्युजिक नेपाल को युट्युब च्यानलमार्फत हेर्न तथा सुन्न सकिने छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
म्युजिक खबर तीज म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक