काठमाडौं । लोक तथा दोहोरी गायक राजकुमार रायमाझीको नयाँ तीज गीत ‘यसपाली तीजमा गरौं रमाइलो’ सार्वजनिक भएको छ। नेपाली मूलकी अमेरिकी नागरिक तथा लोक गायिका डा. आना स्टारसँगको सहकार्यमा तयार पारिएको यो गीत साउन १३ गते सार्वजनिक गरिएको हो।
तीज पर्वको सन्दर्भमा ल्याइएको गीतले माइती जान नपाएका चेलीहरूको भावनालाई उजागर गर्दै, जहाँ छौं त्यहीँ रमाइलो गरौं भन्ने सन्देश दिन खोजिएको छ। पारिवारिक, वैवाहिक र भौगोलिक बाध्यताले तीजको अवसरमा माइती जान नपाउने महिलाहरूको पीडालाई गीतले छुन खोजेको छ।
गीतमा शब्द र लय स्वयं गायक राजकुमार रायमाझीकै रहेको छ। स्वरमा रायमाझीसँगै डा. आना स्टार र टीका आले मगर छन्। भिडिओमा होम धिताल, आना, रायमाझी र आले मगरको अभिनय देख्न सकिन्छ। निर्देशन होम धितालले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन्।
लोकसंगीतमा पीएचडी गर्ने एकमात्र नेपाली मूलकी अमेरिकी नागरिक डा. आना स्टारले यस गीतमार्फत नेपाली लोक संस्कृतिप्रतिको आफ्नो लगाव झन् प्रगाढ बनाएकी छन्।
गीत राजकुमार रायमाझीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
भिडियो हेर्नहोस्:
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री