logo

सोमबार, मंसिर १५ २०८२

kantipurpationlinetv

२०८२ मंसिर १५ सोमबार

रेजिना र सुमन परियारको तीज गीत ‘राता मकै’ सार्वजनिक

रेजिना र सुमन परियारको तीज गीत ‘राता मकै’ सार्वजनिक


  • बिहिबार, साउन १५ २०८२
  • 12K
    SHARES

    काठमाडौं । तीज नजिकिँदै जाँदा नयाँ गीतसंगीतको बहारले नेपाली सांगीतिक बजारमा रौनक थपेको छ। लोकप्रिय लोकदोहोरी दिदी–भाइ जोडी रेजिना परियार र सुमन परियारको सहकार्यमा तयार भएको तीज गीत ‘राता मकै’ सार्वजनिक भएको छ।

    रेजिना परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले बजारमा आएको केही घण्टामै सकारात्मक प्रतिक्रिया बटुलेको छ।

    गीतको शब्द रचना रेजिनाकै हो भने लय सुमन परियारले सिर्जना गरेका हुन्। रेजिनाको एकल स्वरमा रेकर्ड गरिएको यो गीत मौलिक शैलीमा तयार भए पनि यसको भिडियो आधुनिक टचसहित प्रस्तुत गरिएको छ।

    भिडियोमा सुमन परियार र संजना गुरुङको अभिनय रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भिडियोमा गाउँघरको मौलिक संस्कार, तीजको उमंग र आधुनिक प्रस्तुतिबीचको राम्रो संयोजन देखिन्छ।

    लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका दिदी–भाइको यस सहकार्यलाई दर्शकले विशेष रुचाउने अपेक्षा गरिएको छ। गीतले महिला उत्सव, संस्कार र मौलिकतालाई नयाँ ढङ्गले प्रस्तुत गरेको सर्जकहरूको विश्वास छ।

    भिडियो हेर्नुहोस्:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech