logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा

सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा


  • सोमबार, पुष २७ २०८२
  • 29.7K
    SHARES

    गायिका मेनुका सोनीको ‘डिप्रेसन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। प्रेममा धोका र त्यसपछि आउने मानसिक पीडाको कथा बोकेको यस गीतमा चर्चित गायक सुमन परियार र गायिका मेनुका सोनीको स्वर रहेको छ।

    गीतको शब्द तथा लय गायक सुमन परियारले नै तयार पारेका हुन्। “तिमीले नाता अर्कैसँग जोडेमा, डिप्रेसनमा जान्छु साथ छोडेमा…” जस्ता भावनात्मक शब्दले प्रेममा हुने असुरक्षा, डर र पीडालाई सशक्त रूपमा प्रस्तुत गरेको छ।

    गीतको म्युजिक भिडियोमा सुमन परियार नयाँ लुक्समा देखिएका छन्। भिडियोमा उनलाई अभिनेत्री सञ्चिता बोलाखेले अभिनयमा साथ दिएकी छन्, जसले गीतको भावलाई अझ जीवन्त बनाएको छ।

    प्रेममा धोका पाएपछि पछिल्लो समय धेरै नेपाली युवा डिप्रेसनतर्फ धकेलिँदै गएको यथार्थलाई गीतले स्पष्ट रूपमा देखाएको छ। गम्भीर विषय भए पनि निर्देशक जेरी भण्डारीले यसलाई नृत्यात्मक शैलीमा प्रस्तुत गरेका छन्, जसले पीडालाई फरक ढंगले अभिव्यक्त गरेको छ। भिडियोको सम्पादन तथा कलरिङ सुजन कोइरालाले गरेका हुन्।

    युवा पुस्तालाई लक्षित गरेर तयार गरिएको ‘डिप्रेसन’ मनोरञ्जन मात्र नभई चेतनाको सन्देश बोकेको गीतका रूपमा देखिएको छ। मेनुका सोनी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस ‘डिप्रेसन’ गीतले मनोरञ्जनसँगै युवापुस्तालाई प्रेम, धोका र मानसिक स्वास्थ्यबारे सोच्न बाध्य पार्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page