logo

सोमबार, मंसिर १५ २०८२

kantipurpationlinetv

२०८२ मंसिर १५ सोमबार

नारायणगढबाट गोरखा आउदै गरेको बस ऐना पहरामा दुर्घटना

नारायणगढबाट गोरखा आउदै गरेको बस ऐना पहरामा दुर्घटना


  • आइतबार, साउन १८ २०८२
  • 10.1K
    SHARES

    गोरखा सदरमुकामतर्फ जाँदै गरेको यात्रुबाहक बस तनहुँको ऐनापहरामा दुर्घटनामा परेको छ। नारायणगढबाट गोरखा जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार दिउँसो ४:२० बजे आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा दुर्घटनामा परेको हो।

    ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार, हालसम्म बसबाट पाँच जना यात्रुको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जना महिला गम्भीर घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको छ।

    गम्भीर घाइते महिला शहीद लखन गाउँपालिका–६ की अन्दाजी ४१ वर्षीया सिनु थापा रहेको प्रहरीले जनाएको छ।
    त्यस्तै, सोही दुर्घटनामा गोरखा नगरपालिका–९ का ५४ वर्षीय सनबहादुर गुरुङ घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

    उद्धार गरिएका अन्य चार जनाको उपचार आँबुखैरेनीस्थित स्थानीय अस्पतालमा भइरहेको छ।

    दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानअनुसार बसमा अझै यात्रु रहेको आशंकामा अहिले प्रहरी टोली क्रेनको सहायताले बस उठाउने प्रयासमा जुटिरहेको छ।

    बसको अगाडिको भागमा पुग्न कठिन भएको र त्यसले गर्दा केही यात्रु बसभित्रै च्यापिएको हुनसक्ने अनुमान गरिएको छ।

    हाल घटनास्थलमा उद्धार कार्य जारी छ भने विस्तृत विवरण आउन बाँकी छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech