logo

शनिबार, साउन २४ २०८२

kantipurpationlinetv

२०८२ साउन २४ शनिबार

कालीबाबाको महायज्ञमा सहभागी हुन भारतीय मन्त्री सोनोवाल शुक्रबार नेपाल आउँदै

कालीबाबाको महायज्ञमा सहभागी हुन भारतीय मन्त्री सोनोवाल शुक्रबार नेपाल आउँदै


  • बिहिबार, साउन २२ २०८२
  • 4K
    SHARES

    कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा सहभागी हुन भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवाल आउने भएका छन्। व्यस्त समयका बाबजुद कालीबाबाको संकल्पमा भइरहेको महत्त्वपूर्ण महायज्ञमा सहभागी हुन भारतीय मन्त्री काठमाडौं आउन लागेको आयोजक समितिका संयोजक अशोक गौतमले जानकारी दिए। मन्त्री सोनोवाल कालीबाबाका भक्त पनि हुन्। सोनोवाल असमका मुख्यमन्त्री समेत भइसकेका व्यक्ति हुन्।

    मन्त्री सोनोवाल २३ गते शुक्रबार (८ तारिक) बिहानै काठमाडौं उत्रिने कार्यतालिका रहेको छ। नरेन्द्र मोदी क्याविनेटका १४ औं बरियतामा रहेका मन्त्री सोनोवल शुक्रबार एकाबिहानै काठमाडौं उत्रिएर त्यहिँ दिन फर्किने कार्यतालिका रहेको गौतमले बताए।

    श्री १००८ महामण्डलेश्वर कृष्णानन्द परमहंस स्वामी कालीदास (कालीबाबा) को उपस्थितिमा पशुपतिको हंसमण्डमा श्री दशमहाविद्या रूद्रहवन महायज्ञ भइरहेको छ। दक्षिण एसिया तथा विश्वका विभिन्न मुलुकमा प्रसिद्धि कमाएका कालीबाबाको उपस्थितिमा १४ गते बुधबारदेखि सुरू भएको उक्त महायज्ञ २४ गते शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ। उक्त महायज्ञमा सहभागी हुन भारतीय प्रभावशाली मन्त्री सोनोवल काठमाडौं उत्रिन लागेका हुन्।

    के हो दशमहाविद्या रुद्रहवन महायज्ञ ?

    श्री १००८ स्वामी महामण्डलेश्वर कालीदास बाबाको संकल्पमा सञ्चालन भइरहेको ‘दशमहाविद्या रुद्रहवन महायज्ञ’ अहिले निकै चर्चामा रहेको छ। खुर्सानी हवनका नामले समेत चर्तित रहको उक्त महायज्ञ सुरू भएको बुधबार ८ दिन भएको छ। हंसमण्डपको मुख्य पण्डालमा भइरहेको उक्त महायज्ञमा सृष्टिको आदिशक्ति स्वरूप १० महाशक्तिहरू काली, तारा, त्रिपुरासुन्दरी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, धूमावती, बगलामुखी, मातङ्गी र कमलाको आह्वानसहित वैदिक(तान्त्रिक विधिद्वारा पूजा(साधना भइरहेको छ। रूद्रहवनस्( रूद्ररूप शिवको श्रीरूद्रम्, चामकम् र महामृत्युन्जय मन्त्रको अग्निमार्फत् सहश्र आहुतिसहित आह्वान हो। उक्त महायज्ञमा सरिक हुन भारतीय प्रभावशाली मन्त्री नेपाल आउन लागेका हुन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech