काठमाडौं, भदौ २३ – मानव सेवा फाउण्डेशन नेपालद्वारा पशुपतिमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञान महायज्ञको अवसरमा लेखक हिमाल गिरीद्वारा लिखित पुस्तक ‘शैव दर्शन, संस्कृति र दशनामी सन्न्यासी’ को विमोचन गरिएको छ।
पुस्तक विमोचन कार्यक्रममा रक्षामन्त्री मानवीर राई र नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ प्राडा मधुसूदन गिरीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा शैव दर्शन, संस्कृति तथा दशनामी सन्न्यासीसम्बन्धी महत्वपूर्ण अध्ययन प्रस्तुत गरिएको छ।
वक्ताहरूले पुस्तकले दशनामी सन्न्यासी परम्पराको संरक्षणमा टेवा पुग्नुका साथै नयाँ पिँढीलाई आफ्नो धार्मिक र सांस्कृतिक मूल्यमान्यता बुझ्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रम नेपाल दशनामी समाज अन्तर्गत कला, साहित्य तथा संस्कृति विभागका प्रमुख अर्जुन गिरीको सभापतित्वमा सम्पन्न भएको थियो।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति