logo

सोमबार, फाल्गुन १७ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन १७ सोमबार

बालयोगेश्वर श्री विजयकृष्णमूर्ति जी महाराजलाई “यज्ञ सम्राट यज्ञपुरुष” उपाधिसहित सम्मान

बालयोगेश्वर श्री विजयकृष्णमूर्ति जी महाराजलाई “यज्ञ सम्राट यज्ञपुरुष” उपाधिसहित सम्मान


  • शुक्रबार, साउन २३ २०८२
  • 26K
    SHARES

    श्री पशुपति मनोकामना पूर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञ–२०८२ को अवसरमा बालयोगेश्वर श्री विजयकृष्णमूर्ति जी महाराजलाई “यज्ञ सम्राट यज्ञपुरुष” उपाधि प्रदान गरी भव्य सम्मान गरिएको छ। मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा पशुपति मन्दिर क्षेत्र यतिबेला अध्यात्म, भक्ति र सामाजिक सेवाको अनुपम संगम बनेको छ।

    कालीबाबाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मान समारोह वैदिक विधिअनुसार, स्वस्तिवाचन, बाजागाजा र सांस्कृतिक उल्लासका साथ सम्पन्न भयो। हजारौं भक्तजनहरूको साक्षीमा सम्पन्न समारोहमा महाराजको धर्म, संस्कृति र राष्ट्र सेवामा यज्ञमार्फत गरिएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरिएको थियो।

    सम्मान प्रदान गर्दै कालीबाबाले भने, “धर्म, संस्कार र राष्ट्रसेवामा महाराजको योगदान अद्वितीय छ। उहाँ साँचिकै यज्ञ सम्राट हुनुहुन्छ, यो उपाधि उहाँको कर्मको पहिचान हो।”

    सम्मानित भएपछि महाराजले भावुक हुँदै भन्नुभयो: “यो सम्मान केवल मेरो व्यक्तिगत लागी होइन, सम्पूर्ण सनातन धर्म, संस्कृति र सेवाको मार्गमा लागेका सबै साधकहरूको प्रतिनिधित्व हो। यज्ञ, धर्म र सेवा हाम्रो जीवनको आधार हुन्। जब समर्पण शुद्ध हुन्छ, तब समाजमा परिवर्तन सम्भव हुन्छ। म यो सम्मान सम्पूर्ण भक्तजन, सहयोगीगण र राष्ट्रसेवकहरूलाई समर्पित गर्दछु।”

    महायज्ञका संकल्पकर्ता तथा फाउण्डेसनका संस्थापक अध्यक्ष बालयोगेश्वर श्री विजयकृष्णमूर्ति जी महाराजले थप भने,“धर्म, संस्कार र सामाजिक सेवाको समन्वयमार्फत हामी मानव जीवनको सार्थकता खोजिरहेका छौं। ५१ फिट शिवलिङ्ग, करोडौं रुद्राक्ष, भक्तजनको समर्पण र कलाकारहरूको उत्साहले यो महायज्ञ अध्यात्म, धर्म र सेवाको अनुपम संगम बनेको छ।”

    उक्त सम्मान कार्यक्रमले महाराजको योगदानप्रति कृतज्ञता प्रकट गर्‍यो, संगै  समाजलाई धर्म, सेवा र संस्कारको मार्गमा अघि बढ्न प्रेरणा पनि प्रदान गर्‍यो।

    तस्बिरहरु हेर्नुहोस्:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech