लोकप्रिय लोकदोहोरी गायक खेम सेन्चुरी हालै स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए। क्यानडाको हिमालयन मेलामा सहभागी हुनुअघि त्रिभुवन विमानस्थलबाट उड्न लाग्दा अचानक बिरामी परेपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएका थिए।
गायक मोहन खड्काका अनुसार सेन्चुरीलाई किड्नीमा स्टोन खस्दा पीडा भएको थियो। यद्यपि, सर्जरी नगरी औषधिले नै उपचार सम्भव हुने चिकित्सकले बताएका छन्।
शुक्रबार डिस्चार्ज भए पनि अब क्यानडाको यात्रा स्थगित गरिएको छ, जसका कारण उनले अगष्ट ९ मा हुने हिमालयन मेला छुटाउने भएका छन्। सेन्चुरीले फेसबुकमार्फत क्षमा माग्दै कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिएका छन्।
यसैबीच, मेला आयोजक नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेसले विज्ञप्ति जारी गर्दै ‘ग्लुमी गाइज’ ब्यान्डका गायक हरि कर्माचार्य र गायिका अञ्जना गुरुङलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति