मलेसिया । क्लालालम्पुरमा सेटेम्वर २३ देखि २६ मा सम्पन्न भएको एसियाको सबैभन्दा ठूलो र प्रतिष्ठित पाककला प्रतियोगिता 𝗖𝘂𝗹𝗶𝗻𝗮𝗶𝗿𝗲 𝗠𝗮𝗹𝗮𝘆𝘀𝗶𝗮 𝟮𝟬𝟮𝟱 मा नेपाली टिमले तेस्रो स्थान (कांस्य पदक) प्राप्त गरेको छ ।
एसियाको सबैभन्दा ठूलो र प्रतिष्ठित पाककला एंव खाद्य प्रदर्शनी, एक्स्पो कुलिनेरको रूपमा आयोजना भएको यस कार्यक्रममा ५० भन्दा बढी देशका झन्डै १५०० जना युवा सेफहरूले प्रत्यक्ष खाना पकाउने प्रतियोगितामा भाग लिएका थिए ।

सेफ एसोसिएसन अफ नेपालको अगुवाइमा महासचिव पदम बहादुर आले मगरको नेतृत्वमा रहेको टोलीमा सनिल डंगोल,छत्र बहादुर थापामगर ,पदम बहादुर मगर रहनुभएको थियो ।
ग्रान्ड फिनालेमा अगानोमा सेकेको खुखुरा,बसारीमा पोलेको माछा ,योमरी जस्ता नेपाली परिकारहरूको चयनले निर्णायकहरूलाई प्रभावित पारे, जसले नेपालको पाककला सम्पदालाई विश्वव्यापी रूपमा चर्चामा ल्यायो ।
प्रतियोगितामा नेपाली खानालाई परिचित गराएर नेपाल र नेपालीको शिर उचो बनाए । अबका दिनमा हामीले पनि नेपाली परिकार स्वादिष्ट र स्वस्थ्य मात्र होइन बिस्वसामु प्रतिश्पर्धा गर्न लायक पनि छन् भनि प्रमाणित गरेर देखाउन नेपाल सफल भएको छ।

ग्यास्ट्रोनोमिक सीप, कलात्मकता र नवीनताको उत्सवमा प्रतिस्पर्धा रहेको दक्षिणपूर्वी एसियाकै ठुलो पाककला प्रतियोगिताको नेपालको तर्फबाट पदम बहादुर आले मगर निर्णायकको भूमिका हुनुहुन्थ्यो ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति