logo

सोमबार, मंसिर १५ २०८२

kantipurpationlinetv

२०८२ मंसिर १५ सोमबार

सिरानचोकमा पहिलोपटक ‘दशैं–तिहार सस्तो मेला–२०८२’ हुँदै, खुला दोहोरी प्रतियोगितामा ७० हजारसम्म पुरस्कार

सिरानचोकमा पहिलोपटक ‘दशैं–तिहार सस्तो मेला–२०८२’ हुँदै, खुला दोहोरी प्रतियोगितामा ७० हजारसम्म पुरस्कार


  • मंगलबार, असोज २० २०८२
  • 19.6K
    SHARES

    गोरखा — गोरखाको सिरानचोक गाउँपालिकामा पहिलोपटक भव्य सिरानचोक सांस्कृतिक कार्यक्रम तथा दशैं–तिहार सस्तो मेला–२०८२ आयोजना हुने भएको छ।

    असोज २२ गतेदेखि कार्तिक ३ गतेसम्म नयाँसाँघु बजारमा हुने यो मेला स्थानीय संस्कृति, व्यापार र मनोरञ्जनको संगम बन्ने अपेक्षा गरिएको छ।

    मेलाको विशेष आकर्षणको रूपमा खुला दोहोरी प्रतियोगिता समेत हुने भएको छ, जसमा विजेताले रु ७०,००० प्राप्त गर्नेछन्। त्यसैगरी दोस्रोले रु ४०,००० र तेस्रोले रु २०,००० पुरस्कार पाउनेछन्।

    मेलाको मुख्य उद्देश्य गाउँस्तरमै स्थानीय कलाकार र व्यवसायलाई प्रोत्साहन गर्दै सामुदायिक एकता र सांस्कृतिक झल्को देखाउनु रहेको आयोजकले बताएका छन्।

    मेलामा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। नेपालकै चर्चित गायक–गायिकाहरूले सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

    कार्यक्रमको आयोजना दरौंदी सिर्जनशील महिला समूह, सिरानचोक–६, नयाँसाँघु, गोरखाले गरेको हो।

    प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्: 📞 ९८४६६३३५५८, ९८४७०९१९१५, ९८१८२०८५४५।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech