logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

रवि लामिछानेबाट खोसिएको विश्व रेकर्ड फर्काउने प्रयासमा जेन्जी गौरव, १०० घन्टा अन्तर्वार्ता गर्ने तयारी

रवि लामिछानेबाट खोसिएको विश्व रेकर्ड फर्काउने प्रयासमा जेन्जी गौरव, १०० घन्टा अन्तर्वार्ता गर्ने तयारी


  • शुक्रबार, मंसिर १९ २०८२
  • 21.8K
    SHARES

    काठमाडौँ । नेपाली पत्रकारितालाई विश्वमञ्चमा पुनः परिचित गराउने उद्देश्यसहित पत्रकार गौरव पौडेलले १०० घण्टासम्म लगातार अन्तर्वार्ता सञ्चालन गर्ने घोषणा गरेका छन् । पुस १ गतेदेखि काठमाडौँको स्काइ टावरबाट सुरु हुने यो अन्तर्वार्ता म्याराथनमार्फत उनले ‘Longest Marathon Television Talk Show’ को विश्वरेकर्ड नेपालमै फर्क्याउने तयारी गरेका हुन्।

    यसअघि रास्वपा सभापति तथा पूर्व पत्रकार रवि लामिछानेले न्युज २४ टेलिभिजनमा ‘अब विश्वले चिन्ने छ नेपाल’ शिर्षकमा ६२ घण्टा १२ मिनेट लामो अन्तर्वार्ता सञ्चालन गर्दै विश्वरेकर्ड कायम गरेका थिए। तर सन् २०२३ सेप्टेम्बर २४ मा स्लोभेनियाका बोरिस टोमासिकले ७३ घण्टा २३ मिनेट २१ सेकेन्ड टक–शो होस्ट गर्दै नयाँ रेकर्ड बनाएका थिए।

    “अब यो रेकर्ड पुनः नेपालमै ल्याउने ऐतिहासिक लक्ष्य लिएर अघि बढेको छु,” पौडेलले बताए। उनका अनुसार चार दिन चार रातसम्म बिना रोकावट सञ्चालन हुने अन्तर्वार्ता म्याराथनमा राजनीतिज्ञ, कलाकार, खेलाडी, उद्यमी, मनोवैज्ञानिक र सामाजिक अभियन्तासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

    जेन–जी पुस्तादेखि राष्ट्रिय स्तरका प्रभावशाली चरित्रसम्मलाई समेट्ने लक्ष्यसहित नेपालमा पहिलोपटक प्रोफेसनल टेलिभिजन सेटअपमा आधारित यति लामो अन्तर्वार्ता श्रृंखला प्रसारण हुन लागेको आयोजक टिमले जनाएको छ। कार्यक्रमका लागि प्राविधिक तयारी, प्रसारण सुविधा, स्वास्थ्य सुरक्षा तथा मानसिक सल्लाहसमेतको सम्पूर्ण व्यवस्था पूरा गरिएको उल्लेख गरिएको छ।

    “यो केवल रेकर्ड बनाउने प्रयास मात्र होइन,” पौडेलले थपे, “नेपाली पत्रकारिताको क्षमता, सहनशक्ति र व्यावसायिक लगनलाई पुनः विश्वसमक्ष प्रमाणित गर्ने हाम्रो मुख्य उद्देश्य हो।”


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech