काठमाडौं । युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ ले आफ्नो १८औँ वार्षिकोत्सव बिहीबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । १८औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा आयोजित समारोह प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
समारोहमा विभिन्न शीर्षकअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने ३१ जना कर्मचारी तथा उत्कृष्ट एक शाखालाई अवार्ड प्रदान गरिएको थियो । साथै, उत्कृष्ट तीन जना विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा उपसभामुख रानामगरलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूले फेसियल हाउसको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको नेतृत्वमा सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले हाल उपत्यकाभित्र केएल टावर (चाबहिल) र लगनखेल (ललितपुर) मा शाखा सञ्चालन गरिरहेको छ । त्यस्तै, उपत्यकाबाहिर चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत देशका विभिन्न प्रमुख सहरहरूमा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।
फेसियल हाउसले ब्युटी सलुन सेवासँगै ‘ब्युटी एकेडेमी’ समेत सञ्चालन गर्दै आएको छ । एकेडेमीले पेशागत तालिम मात्र नभई नेतृत्व विकास, जिम्मेवारीबोध र आत्मनिर्भर बन्ने अवसर समेत प्रदान गर्दै आएको फेसियल हाउसकी अध्यक्ष सुष्मा महराले बताइन् ।
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
मदन कृष्ण श्रेष्ठलाई अभिनन्दन र कोमल ओलीलाई दीर्घ साधना सम्मान प्रदान गर्दै सम्पन्न भयो नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड
-
रोहन रसाईलीको ‘उड्ने जहाजमा’ सार्वजनिक
-
फेसियल हाउसले पोखरामा पनि मनायो १८औँ वार्षिकोत्सव
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड २०८२ सम्पन्न